शनिबार, असार ६, २०८३

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो 

 |  बुधबार, वैशाख ३१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ। 

National life

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो।

यसअघि पाथीभरामा केबलकार निर्माणले वातावरणीय असर पार्ने र लिम्बु समुदायको मुन्धुमी सभ्यतामा संकट निम्त्याउने भन्दै रोक्न माग गर्दै रिट दायर गरिएको थियो। यामबहादुर लिम्बुसहित आठ जनाले २०८१ चैत ७ गते सर्वोच्च अदालतमा पाथीभरा देवी दर्शन केवलकार प्रालिलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्माण कार्य तत्काल अघि नबढाउन आदेश दिएको थियो। पुनः सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सो आदेशलाई निरन्तरता नदिने निर्णय आज गरेपछि केबलकार निर्माणको बाटो खुलेको हो।

केबलकार निर्माणको विरोधमा स्थानीय लिम्बु समुदाय आन्दोलित बनेसँगै प्रहरीले बल प्रयोग गर्दा केही व्यक्तिहरू घाइते भएका थिए।

Shivam cement

 

प्रकाशित: May 14, 2025| 19:24 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्