सोलुखुम्बु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार साँझ ६ बजेर ११ मिनेटमा गएको हो।
भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ। भूकम्पको केन्द्रविन्दु सोलुखुम्बुको छेक्साम आसपास थियो।
यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्युड तथा त्यसको एक दिनअघि रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्डको भूकम्प गएको थियो।