शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'ए' क्लासका सन्दीप लामिछाने क्यानको केन्द्रीय सम्झौतामा नबस्ने

'ए' क्लासका सन्दीप लामिछाने क्यानको केन्द्रीय सम्झौतामा नबस्ने

 |  बुधबार, वैशाख ३१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्।
 
उनले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गरेका हुन्। उनले यस निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। उनले फेसबुक सटाट्समार्फत भनेका छन्, “यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।”

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताएका छन्। उनले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने बताएका छन्।

यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनले सन्दीपको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने बताए। सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश थिए। यो क्याटेगोरीमा समावेश खेलाडरूले क्यानबाट मासिक रू एक लाख प्राप्त गर्दै आएका छन् ।
---

प्रकाशित: May 14, 2025| 18:54 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्