आइतबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

 |  बुधबार, वैशाख ३१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

vianetvianet

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ।

मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आज उनलाई पक्राउ गर्नुको कारण पेस गर्नुका साथै स–शरीर उपस्थित गराउन आदेश दिएको हो।

कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। मिश्र गत चैत १५ गतेदेखि प्रहरी हिरासतमा छन्। राजसंस्था पुनर्स्थापना संघर्ष समितिले काठमाडौंको तीनकुनेमा आयोजना गरेको कार्यक्रमलाई हिंसात्मक बनाएको आरोपमा उनी पक्राउ परेका हुन्।

मिश्रविरूद्ध प्रहरीले राज्यविरूद्धको कसुर र संगठित मुद्दामा अनुसन्धान गरिरहेको छ। उनीसँगै सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशम्शेर राणा भने रिहा भएका छन्।

प्रकाशित: May 14, 2025| 16:29 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्