शनिबार, कात्तिक ७, २०८३

स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

 |  बुधबार, वैशाख ३१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

काठमाडौं- स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघले कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्याण्ड प्रस्थान गर्दैछ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ। लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ। सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ।

लिग-२ का लागि नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी

टी-२०आई सिरिजका लागि थप खेलाडी

किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम

प्रकाशित: May 14, 2025| 11:24 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।