शनिबार, असार ६, २०८३

स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

 |  बुधबार, वैशाख ३१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

काठमाडौं- स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।

National life

नेपाल क्रिकेट संघले कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्याण्ड प्रस्थान गर्दैछ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ। लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ। सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ।

लिग-२ का लागि नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी

Shivam cement

टी-२०आई सिरिजका लागि थप खेलाडी

किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम

प्रकाशित: May 14, 2025| 11:24 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्