शनिबार, पुस १२, २०८२

मखनको आगलागीमा नाङ्लो पसले महिलाले ज्यान गुमाइन्

 |  बुधबार, वैशाख ३१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको खुलेको छ।

National life

बुधबार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले घरमा आगो लागेको थियो।

आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक महिलाको मृत्यु भएको छ। मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। उनी दोलखाको चरिकोटकी स्थानीय हुन्।

आगलागी भएपछि निसास्सिएर उनको मृत्यु भएको अनुमान छ। दयारामको घरबाट सुरु भएको आगो रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो। ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका थिए।

आगलागीमा परेका ३ जनालाई उद्धार गरिएको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 14, 2025| 11:19 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्