बिहीबार, भदौ १२, २०८२

पत्रकार फणिदेव महतको निधन

 |  बुधबार, वैशाख ३१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- रौतहटका पत्रकार फणि महतको निधन भएको छ। करिब दुई वर्षदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो।

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय महत दुई दशकदेखि पक्रकारितामा सक्रिय थिए। चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए।

महतको श्रीमती र दुई छोराछोरी रहेका छन्। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिका स्थित उनको घरमा राखिएको छ। उनको आजै अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन्। 

प्रकाशित: May 14, 2025| 09:24 बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्