शनिबार, पुस १२, २०८२

कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं- बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ। 

National life

सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामका लागि उक्त सडक खण्डमा तत्काल सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रशासनले मंगलबार सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) का लागि उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइने जनाएको हो। सडक मर्मत तथा कालोपत्रेको काम सम्पन्न नहुँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने  निर्णय गरिएको हो।

सडकको स्तरोन्नति कार्य इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने खण्डमा भइरहेको पूर्वाधार विकास कार्यालय हेटौँडाले जनाएको। काम तीव्र रूपमा सम्पन्न गर्न र सवारी सुरक्षाका लागि सडक पूर्ण रूपमा बन्द गर्नुपरेको हो।

यो अवधिमा प्रशासनले यात्रु तथा सवारीचालकहरूलाई कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकजस्ता अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यस सडक खण्डको स्तरोन्नतिपछि हेटौँडाबाट काठमाडौं जोड्ने वैकल्पिक मार्ग थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको प्रशासन कार्यालयले जनाएको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 13, 2025| 19:38 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्