मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर

 |  मंगलबार, वैशाख ३०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

vianetvianet

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ। 

triton college

सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा ‘थप अभियोगपत्र’ दायर गरेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले राईलाई वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर पूरक अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा उनीमाथि अभियोगपत्र दायर भएको हो।

उनी स्वर्णलक्ष्मी सरकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ र कार्यसमितिको सचिव रहँदा एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी कुल दुई करोड ४० लाख  ४४ हजार ७९० रुपैयाँ बिगो बराबरको रकम अपचालन भएको अभियोगपत्रमा उल्लेख छ।

वकिल कार्यालयले राईमाथि मुलुकी अपराध संहिता २०७४ को २४९ को उपदफा (३)को (ग) र संगठित अपराध निवारण ऐनको दफा ९(क) र (ग) बमोजिम सजायको माग गरेको छ।

National life insurance

त्यस्तै, अभियोगपत्रमा उनी सहकारीको कार्यसमिति सदस्य र सचिव रहेको अवधिमा अपचलन भएको रकम असुलउपर गर्नुपर्ने, पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने माग दाबी लिइएको छ।
 

प्रकाशित: May 13, 2025| 19:34 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्