शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवीन्द्र मिश्रको रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

रवीन्द्र मिश्रको रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं- रवीन्द्र मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

National life

मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबी गर्दै सारिका कार्कीले निवेदन दर्ता गरेकी हुन्। मंगलबार दर्ता भएको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुनेछ।

मिश्र पत्नी कार्कीले नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधीवक्ता, महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय लगायतलाई विपक्षी बनाएकी छन्।

गैरकानुनी रुपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमति दिइरहेको भन्दै उनले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरेकी छन्।

मिश्र गत चैत १५ गते पक्राउ परेयता प्रहरी हिरासतमा छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 13, 2025| 16:19 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्