बुधबार, असोज २२, २०८२

तेस्रो संस्करणको एनएसल उपाधि ललितपुरले जित्यो

 |  शनिबार, वैशाख १३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०८२

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले पराजित गर्दै उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुर विजयी बनेको हो।

Kumaribank

ललितपुरका लागि इमो इजिकेलले पहिलो गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। ६२औं मिनेटमा पोखराका सुदील राईले बराबरी गोल फर्काए। स्टेफन समीर बिनोङले हेडमार्फत गरेको प्रहारलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले पहिलो प्रहारमा जोगाउन सफल भए पनि रिबाउन्डमा आएको बललाई सुदीलले सहजै गोलमा परिणत गरेका थिए।

७४औं मिनेटमा ललितपुरले पुनः अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो। इजिकेलले पेनाल्टी क्षेत्र नजिक दिएको पासलाई पापा इबु केबले नियन्त्रणमा लिँदै पोखराका दुई डिफेन्डरबीचबाट जाली चुमाएका थिए।

दशरथ रंगशालामा हजारौं दर्शकहरूको उपस्थितिमा भएको प्रतिस्पर्धात्मक फाइनलमा ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो।
 

प्रकाशित: Apr 26, 2025| 20:20 शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्