काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ।
बैठकमा भोलिदेखी सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ।