शनिबार, वैशाख १३, २०८२

सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक

 |  बुधबार, वैशाख १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

vianetvianet

काठमाडौं- गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका हुन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे । 

triton college

‘सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ’, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने । 

गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताए। 

नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री लेखकले नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उनले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताए। 

प्रकाशित: Apr 23, 2025| 15:37 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्