शुक्रबार, असार ५, २०८३

आजको राशिफल [२०८२ वैशाख ५ गते]

 |  शुक्रबार, वैशाख ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

मेष (Aries)   
विशेष व्यक्तिसँगको सहकार्यले तपाईंलाई नयाँ अवसरहरू दिलाउनेछ। दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न आजको दिन उपयुक्त देखिन्छ।

National life

वृष (Taurus)   
आय सीमित भए पनि ठूला समस्या बाट बच्न सकिनेछ। खर्च भइरहे पनि पछाडि लाभदायक अवसरहरू आउनेछन्। निरन्तर प्रयासले सफलता दिलाउनेछ।

मिथुन (Gemini)   
नयाँ व्यवसाय सुरु गर्ने राम्रो अवसर छ। महत्त्वपूर्ण कार्यहरू बाट धन, पुरस्कार र प्रतिष्ठा कमाउने सम्भावना बलियो छ। पारिवारिक भेटघाटले खुसी दिनेछ।

कर्कट (Cancer)   
कडा मेहनत गरेमा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण कामहरूमा सफलता प्राप्त हुनेछ। आम्दानी बढ्नुका साथै श्रमको उचित मूल्य पाउनुहुनेछ।

सिंह (Leo)   
रमाइलो यात्राको सम्भावना देखिन्छ। प्रिय साथी भेटिन सक्ने र प्रेमसम्बन्ध प्रगाढ बन्ने संकेत छ। यद्यपि केही अप्ठ्यारा जिम्मेवारीहरू थपिन सक्छन्।

Shivam cement

कन्या (Virgo)   
सुरुमा खर्च बढे पनि सोचेको योजना सफल हुनेछ। व्यापारमा लगानी बढाउने अवसर आउन सक्छ। खानपानमा असावधानीले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ।

तुला (Libra)   
तपाईंको कामको प्रशंसा बढ्नेछ र मान-सम्मान प्राप्त हुने समय छ। प्रतिस्पर्धामा सजिलै अगाडि बढ्न सकिनेछ। साथ दिने सहयोगीहरू बाट व्यापारमा राम्रो फाइदा मिल्नेछ।

वृश्चिक (Scorpio)   
आफ्नो क्षेत्रमा प्रभाव जमाउने अनुकूल समय छ। पैत्रिक सम्पत्तिको सही उपयोग बाट लाभ लिन सकिनेछ। सम्मानजनक कार्यको जिम्मेवारी पाउन सक्नुहुनेछ।

धनु (Sagittarius)   
अघिल्ला कमजोरी सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको समर्थनले नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापार बाट लाभ उठाउने समय हो।

मकर (Capricorn)   
काममा सुधार आउनेछ र पहिले असफल भएको काम सफल हुँदा मन प्रशन्न हुनेछ। एउटै कार्य बाट दोहोरो लाभ मिल्ने संकेत छ। समाजसेवामा गरिएको योगदानको तारिफ हुनेछ।

कुम्भ (Aquarius)   
सामान्य काम बाट समेत राम्रो लाभ प्राप्त हुनेछ। मेहनत र लगनशीलताले तपाईंलाई विशेष जिम्मेवारी दिलाउन सक्छ। साथसाथै सम्मान पनि पाउनुहुनेछ।

मीन (Pisces)   
पढाइमा प्रगति हुनेछ र तपाईंको बोलीले अरूलाई आकर्षित गर्नेछ। सजिलै कामहरू बन्नेछन्। रमाइलो यात्राको योग देखिन्छ।

प्रकाशित: Apr 18, 2025| 05:30 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्