शनिबार, साउन १६, २०८३

सरकार हैन कार्यशैली बदल्न चाहेका हौं: गगन

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस वर्तमान सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट गरेका छन्। कांग्रेसका कारण अहिलेसम्मका गठबन्धन नटुटेको उनले दाबी गरे।

बुधबार बारा क्षेत्र नम्बर ३ को अधिवेशन उद्‌घाटन गर्दै महामन्त्री थापाले सरकार परिवर्तनको पक्षमा कांग्रेस नरहेको बताएका हुन्। उनले भने, ‘अहिले अर्को विकल्प खोज्ने, कांग्रेस यति गैर जिम्मेवार छैन। हामीले देश र जनतासँग वाचा गरेका छौं २०८४ सम्म यही गठबन्धन जान्छ भनेर। हामी वचनमा इमान्दार छौं। हाम्रो कारणका कारण गठबन्धन फेरिएको छैन। सरकार बदल्ने होइन, सरकारको काम गर्ने तरिका बदल्ने कुरा गरेका हौं।’

केही समययता महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आजमात्रै सात बुँदामा सरकारको आलोचना गरेका छन्। 

प्रकाशित: Apr 16, 2025| 14:44 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्