बिहीबार, पुस १०, २०८२

आईपीएलका हैदराबादलाई गुजरातले हरायो

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।

National life

मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेपछि चौथो खेलमा तेस्रो विजय हात पारेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ।

गत वर्षको उपविजेता हैदराबाद भने ५ खेलमा चौथो पराजय भोगी अंक तालिकाको पुछारमा यथावत् छ। सिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १५२ रन मात्र बनाउन सकेको थियो। प्लेयर अफ द म्याच सिराजले ओपनरद्वय ट्राभिस हेड (८), अभिषेक शर्मा (१८) सहित अनिकेत बर्मा (१८) र सिमरजित सिंह (०) लाई आउट गरेका थिए।

हैदराबादका नितिशकुमार रेड्डीले ३४ बलमा ३१, हेनरिक क्लासेनले १९ बलमा २७, ईशान किसनले १४ बलमा १७ रन बनाए। कप्तान शुबमन गिलले अविजित ६१ रन बनाएपछि गुजरातले १६.४ ओभरमै लक्ष्य पूरा गर्‍यो।

गिलले आफ्नो इनिङ्समा ९ चौका प्रहार गरे । सुन्दर २९ बल खेली ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए । उनको स्थानमा आएका शेरफन रदरफोर्डले १६ बल खेली ६ चौका र १ छक्का प्रहार गरी अविजित ३५ रन बनाए । हैदराबादबाट शामीले २ विकेट लिए । 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2025| 07:06 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्