काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी शुरूआत गरेको छ।
विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बैंग्लोरले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।
शनिबार इडन गार्डेनमा भएको खेलमा कोलकात्ताले दिएको १७५ रनको लक्ष्य बैंग्लोरले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरका विराट कोहलीले ३६ बलमा अविजित ५९ रन बनाए। साल्टले ५६ तथा रजत पाटिदारले ३४ रन बनाए। कोलकात्ताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकात्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। कोलकात्ताका अजिन्क्या रहानेले तथा सुनिल नरायनले समान ४४ रन बनाए। बैंग्लोरका क्रुनाल पाण्ड्याले ३ तथा जोश हेजलवूडले २ विकेट लिए।
आईपीएलअन्तर्गत आइतबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्नेछन्।