सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेट्रो मार्केटले किसानलाई उपभोक्तासँग सिधै जोड्न सञ्चालनमा ल्यायो 'किसान बजार'

मेट्रो मार्केटले किसानलाई उपभोक्तासँग सिधै जोड्न सञ्चालनमा ल्यायो 'किसान बजार'

 |  आइतबार, फागुन ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय कृषक समूह महासंघ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ।

triton college

किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवर्द्धन गरौं कृषि कर्मलाई उद्यममा रुपान्तरण गरौं भन्ने नाराका साथ कृषकद्वारा अर्गानिक कृषि उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने अभिप्रायका साथ शनिबारदेखि किसान बजार सञ्चालनमा आएको हो।

किसान बजार शुभारम्भका अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो स्वच्छ तथा अर्गानिक तरकारी र खाद्यान्न बजारीकरण गरी किसानलाई उत्पादनको उचित प्रतिफल दिन उपयुक्त स्थान तयार भएको बताइन्।

“किसानको सम्मान नभएसम्म देशको समृद्धि हुन सक्दैन। तसर्थ यो अभियानले शुद्ध खाद्यवस्तुको प्रवदर्द्धनका साथै किसानको सम्मानका लागि महत्त्वपूर्ण काम गर्नेछ। पर्यावरण र माटो जोगाउनका लागि अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न यो अभियान फलदायी छ। यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराउँदै उत्पादनमा जोड दिन महत्त्वपूर्ण योगदान दिनेछ”, उनले भनिन्।

उनले आधुनिकता र वर्तमान शिक्षा प्रणालीले बिर्साउँदै गएको खेतीपातीको अभ्यास र संस्कारलाई निरन्तरता दिँदै कृषि पेसामा लाग्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरिन्। उनले कृषि पेसालाई त्याग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र दुःख गरेर पनि लाभ पाउन नसकेको किसानलाई यो कामबाट अत्यन्तै प्रभावकारी वातावरण तयार गर्ने धारणा राखिन्।

National life insurance

राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले किसानको पेसालाई सम्मानित बनाउन र उत्पादनको पूर्ण मूल्य प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए। उनले उत्पादनमा आधारित खाद्य सुरक्षा र खाद्य सम्प्रभूताका लागि सहभागितामूलक सुनिश्चितता प्रणालीमार्फत अर्गानिक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन हरसम्भव प्रयास गर्ने बताए। मेट्रो मार्केट भन्नेबित्तिकै स्वच्छ उत्पादन भन्ने हुनुपर्छ भन्दै उनले यसबाट साँच्चिकै किसानको पहिचान गरी तहगत व्यवस्थापन गरी सामाजिक सुरक्षामा जोड्नसमेत सहयोग हुने बताए।

मेट्रो मार्केटका निर्देशक इशानी श्रेष्ठले सहजै पाइने अर्गानिकयुक्त खाद्य सामग्रीको प्रवर्द्धनका साथै स्वस्थ तरकारीको बजारीकरण र उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन यो अभियान प्रभावकारी हुनेमा विश्वास व्यक्त गरिन्।

उनले किसान र उपभोक्ताबीचको दूरीलाई कम गर्दै उत्पादन गरी बजारीकरणमा सहज पहुँच अभिवृद्धिका लागि विषादी नभएको खानालाई प्रेरित गर्न लागिपर्ने जानकारी दिइन्।

झम्सीखेलस्थित मेट्रो मार्केट परिसरमा किसान बजार हरेक शनिबार लाग्नेछ। हाललाई झम्सीखेलबाट सुरुवात गरिएको र आगामी दिनमा मेट्रो मार्केटका अरु शाखाहरुमा पनि किसान बजार विस्तार गर्ने योजना रहेको निर्देशक श्रेष्ठले बताइन्।  

किसानहरूले उत्पादन गरेको कृषि उपज उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले किसान बजारको अवधारणा ल्याइएको हो । किसान बजारमार्फत कृषकहरूले आफ्नो उत्पादन सिधै आम उपभोक्तासम्म पुर्‍याउन सक्नेछन् । किसान बजारको माध्यमबाट उपभोक्ता र उत्पादकबीच सिधा कारोबार हुने भएकोले विचौलियाको संलग्नता हुन पाउँदैन ।

किसान बजारबाट आफ्नो उत्पादन बिक्री गर्दा किसानले कृषि उपजको उचित मूल्य पाउने गर्छन् । साथै उपभोक्ताले पनि अनावश्यक रूपमा महँगो मूल्य तिर्नु पर्दैन । किसानले आफ्नो उत्पादनको उचित मूल्यमा बिक्री गर्न पाउने र उपभोक्ताले सर्वसुलभ मूल्यमा ताजा तरकारी तथा खाद्य पदार्थ खरिद गर्ने अवसर पाउने भएकोले किसान बजार दुवै पक्षलाई फाइदाजनक हुन्छ । यस काममा मेट्रो मार्केटले सहजीकरणको भूमिका निर्वाह गर्नेछ । किसानहरूले आफ्नो उत्पादन सिधै मेट्रो मार्केटमा ल्याएर बिक्री गर्नेछन् । उपभोक्ताले पनि किसानको ताजा उत्पादन उचित मूल्यमा मेट्रो मार्केटमै खरिद गर्न सक्नेछन् ।

डीभी ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा सञ्चालित मेट्रो मार्केटले आक्रामक रुपमा शाखा विस्तार गरिरहेको छ। मेट्रो मार्केटका शाखाहरु काठमाडौंको पेप्सीकोला, जोरपाटी, कपन, शान्तिनगर, बालाजुको जरङ्‍खु, वनस्थली, ताहाचाल, भक्तपुरको सूर्यविनायक, ललितपुरको सानेपा, भैंसेपाटी, झम्सीखेल र कुमारीगालमा सञ्चालित छन्।

मेट्रो मार्केटका स्टोरहरु हप्ताको सातै दिन बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहन्छन्।

प्रकाशित: Feb 23, 2025| 11:24 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्