सोमबार, चैत ११, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • चितवनबाट पनि छुटे रवि, चार जिल्ला अदालतको धरौटीमा गयो पौने तीन करोड

चितवनबाट पनि छुटे रवि, चार जिल्ला अदालतको धरौटीमा गयो पौने तीन करोड

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछाने सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतमा ५४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

triton college

आज बिहीबार राति लामिछानेले ५४ लाख करोड रुपैयाँ बैंक धरौटी बुझाएका हुन्। आजै जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले रविसँग धरौटी माग गर्ने आदेश गरेका थिए ।

लामिछानेविरूद्ध ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय हुनुपर्ने र साहारा सहकारीबाट गोर्खा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रूपैयाँ रकम लामिछानेसहित चारजनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ।

यसअघि काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

यसैगरी उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

त्यसअघि उनी कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए। 

चार अदालतमा गरी उनले दुई करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

रविविरुद्ध एक जिल्लामा अनुसन्धान हुन बाँकी छ। पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनले अझै पर्सा गएर अदालतमा बयान दिनु पर्नेछ। 
त्यहाँ पनि थुनछेक बहस हुनेछ र उनलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष के हुने भन्ने आदेश हुनेछ।

प्रकाशित: Feb 06, 2025| 18:21 बिहीबार, माघ २४, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्