बुधबार, माघ २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • जनकपुरमा नबिल बैंकले सुरु गर्‍यो नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’

Siddartha premir insuranceSiddartha premir insurance

जनकपुरमा नबिल बैंकले सुरु गर्‍यो नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

ntc landingntc landing

नबिल बैंक लिमिटेडले जनकपुरमा नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ ।

himalayan bank box

जनकपुरको मोनास्टिक हाइयर सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गत उक्त कोर्स सुरु गरेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी बैंकले उक्त कोर्सको सुरुवात गरेको हो ।

कोर्स शुभारम्भ कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायत सहभागी थिए ।

बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् ।

कोर्सको सुरुवात गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए ।

नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको बताए ।

स्टार्टअप सुरुवात गर्न चाहने र सुरुवात गरिसकेकालाई लक्षित गरी बैंकले यो कार्यक्रम सुरु गरेको उनको भनाइ थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको उक्त कार्यक्रमलाई सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

मोनास्टिक हाइयर सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यसप्रकारको कार्यक्रमले युवालाई देशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउने बताए ।

नबिल बैंकले समाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव–उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दै आएको छ ।

कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला बिहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन् । जसमध्ये तीन जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्‍याएका छन् । साथै पाँच जना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुई जनाले खुद्रा व्यापार, एक जनाले जैविक ताजा फलखेतीमार्फत उद्यम सुरु गरिसकेका छन् ।

तीन महिने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन ‘एक्सन–बेस्ड’ तालिम प्रदान गरिनेछ । उक्त तालिममा सहभागीले आफ्‌नो उत्पादनको प्रवद्र्धन तथा बजारीकरणलगायतका विषयमा प्रशिक्षण लिनेछन् ।

नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् ।

फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।

बैंकका अनुसार दुवै कार्यक्रममा हालसम्म आठ सय ६६ जना सहभागी भएर छन् । दुवै कार्यक्रममार्फत हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढीले रोजगारी पाइसकेको छ ।

प्रकाशित: Feb 05, 2025| 13:24 बुधबार, माघ २३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्