काठमाडौं- वीर अस्पतालले निर्देशक डा. सन्तोष पौडेलको नेतृत्वमा केही व्यवस्थापन सुधारका केही काम भएका छन्।
२०७९ फागुनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले दुई वर्षको अवधिमा आफूले अस्पताल सुधारका थुप्रै काम गरेको बताएका छन्। अर्थोपेडिक सर्जन पौडेललाई तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका थिए।
यस्ता छन् डा. पौडेलको पालामा भएका सुधारका कामहरु
1. कार्यभार सम्हाल्दाको पहिलो निर्णय: “डा के डी जोशी बर्न सेन्टर” संचालनमा ल्याईएको जसमा बर्न प्लास्टिक ओ टि,आई सि यु तथा वार्ड (१५ बेडको) रहेको। राष्ट्रियस्तरमा नै जलनको उपचारलाई निशुल्क गर्न पैरवि गरेको।
2. सर्जिकल भवन पुर्ण रुपमा संचालनमा आएको । सम्पूर्ण सर्जरीका वार्ड,ओटी,आई सि यु सर्जिकल भवनमा सरिएको।
3. विशिष्टिकृत बार्डहरु संचालनमा ल्याईएको ।ज्येष्ठ नागरिक वार्ड, Neuro Endo, Chest Ward, Hepatology Ward, Hematology ward, जस्ता Specialized Wards संचालनमा आए।
4. विभीन्न विधाका विशिष्टिकृत सघन उपचार कक्ष (Intensive Care Unit) हरु संचालनमा ल्याएको। CCU-9 Bed, Medical-8, Respiratory-5,Gastro-Hepato-9,Surgical-9, Neurosurgery-9, A-ICU-14 Burn ICU-5 bed साथै धेरै HDU सेवाहरु संचालनमा ल्याएको।
5. Blood Sample Collection Counter लाई खुल्ला र सजिलो ठाउँमा सारेर व्यवस्थित गरेको।जसले गर्दा भिडभाड व्यवस्थित भएको।बिहान ७ बजेदेखि नै Blood Sample Collection सेवा सुरु गरिएको छ।
6. ओ पि डी बिहान ८ :३० देखि नै संचालन गरिएको छ।हाल ८:३० देखि नै सुरु हुने कार्यालय समय पालनालई कडाई गरिएको। सेवा समयलाई आधार मानी सेवा विस्तार भत्ता उपलब्ध गराईएको।
7. कवाडि सामानको लिलाम गरेको। १ करोड ६१ लाखमा कवाडी टेन्डरको टुङ्गौ लागि हटाउन सुरु गरिएको।अस्पताल सरसफाइले मुहार फेरेको।
8. प्रत्येक आईतवार रक्तदान कार्यक्रम सुरु गरेको ।
9. फार्मेसी सेवाको टेण्डरलाई नेपालमै नयाँ ढंगले व्यवस्थित गरेको। हरेक generic moleculeको औषधिमा ५ वटा सम्म Brand हरु र एक न्यूनतम मुलयाङ्कित गरि ६ बटा सम्म औषधि खरिद गरिएको। यसरी दैनिक कारोबार नै ५ लाख कमबाट २५ लाख भन्दा माथि पुगेको। पछिल्लो ६ महिनामा अस्पतालले ८ करोड भन्दा बढि मुनाफा गर्न सकेको। सर्जिकल भवनमा फार्मेसी थप गरिएको, मेडिकल भवनमा पनि नयाँ Indoor फार्मेसी थपिएको। OT Pharmacy सहित हाल ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको छ।
10. Emergency मा Triage System लागू गरिएको छ साथै RED ZONE YELLOW ZONE AND GREEN ZONE गरि सेवा प्राथमिकिकरण गरिएको।यसले सेवाको गुणस्तरमा फड्को मारेको छ।
11. २४ घण्टे Emergency Lab लाई नयाँ सर्जिकल भवनमा सारिएको। सेवाको दायरा फराकिलो पारेको।
12. ओ पि डी तथा आकस्मिक कक्षका सौचालयको मर्मत संभार गरिएको।बन्द शौचालयहरु मर्मत गरी पुन: प्रयोगमा ल्याईएको। सर्जिकल भवनका भुईतल्लाको साथै अधिकांश सौचालय सर्वसाधारणको लागि खुल्ला गरिएको छ जुन पहिले बन्द थिए।
13. महानगरपालिकाले भत्काएको पुराना फार्मेसीका सटरको भग्नावशेस सरसफाई गरि बगैँचा बनाईएको छ। अस्पताल वरिपरि सरसफाइ र बगैँचा निर्माण ।
14. सामाजिकसेवालाई भुईँतल्लामा सारेर सेवाग्राही मैत्री बनाईएको छ।स्वास्थ्य बीमाको काउन्टर थप गरिएको। कुन सेवा कहाँ छ भनेर सेवाग्राही ले बुझ्ने गरि भित्ते लेखन गरेको।
15. प्रदेश सरकारहरुसँग कडा रोगको उपचार सम्बन्धी सम्झौता गरिएको ।बिरामीले थप राहत पाएको।
16. टिकट काउन्टरहरु र बिलिङ्ग काउन्टर तला पिच्छे थप गरेको साथै बिहान ७ बजे देखि नै टिकट खुल्ला गरेको।online ticketing सुरु गरि व्यवस्थित गरेको।
17. साँझको समय ४ देखि ८ बजेसम्म मा Extended Health Service (EHS) ई एच यश सेवा संचालन गरेको तर जनशक्ति अभावमा रोकिएको सो सेवा टोमोथेरापी र डेण्टल सेवाबाट पुन: सन्चालनको तयारी गरिएको।
18. ओ पि डीमा ह्वील चियर ट्रलीको ब्यवस्था।भिजिटरहरु बस्नको लागि आरामदायी बेञ्चको ब्यवस्था गरिएको।
19. सार्वजनिक बिदामा पनि एम आर आई सेवा सुरु गरिएको थियो। अस्पतालमा लामो समय पालो कुर्नु परेमा निजि संस्थासँगको सहकार्यमा वीरकै दररेटमा सेवा सुनिश्चित गरिएको।
20. सबै कर्मचारीको नि: शुल्क स्वास्थ्य बीमा गरिएको छ ।अप्रेसन थिएटरमा सबैलाई खाजाको व्यवस्था ।सर्जिकल भवन लगायत विभिन्म ठाउँमा कर्मचारीको लागि ई हाजिरी मेसिन राखिएको।
21. OPD Services तर्फ:
a. आरोग्य क्लिनिक Wellness Clinic and GP Clinic संचालन मा ल्याईएको।
b. ग्यस्ट्रो सर्जिकल ओ पि डी हप्तामा २ दिनवाट ४ दिन बनाईएको।नयाँ PAIN CLINIC संचालनमा ल्याएको । प्लास्टिक सर्जरी र सिटिभिएस ओपिडि नयाँ स्थानबाट सुरु गरिएको।
c. अङ्कोलोजी Cancer ओ पि डी तेस्रो तलामा ब्यवस्थित गरिएको।Tomotherapy र Mammogram जस्ता नयाँ सेवा सन्चालनमा आएको । साईक्याट्रिक ओ पि डीलाई पहिलो तल्लावाट संचालन।
22. भुकम्पपछि रोकिएका सम्पूर्ण सर्जरी सेवा सुचारु भएको: Orthopaedic र Plastic को सर्जरी सेवा पनि वीर अस्पतालबाट पुन: सुचारु गरेको ।Open Heart Surgery सेवा नियमित सुचारु भएको छ।
23. मुटुरोग विभागमा Cathlab सेवा सुरु गरिएको। नियमित Angioplasty सेवा सुचारु भएको।
24. Emergency को पुनर्निर्माण र पथ्य शाखाको निर्माण को कार्यको ठेक्का लागेर सम्झौता अगाडि बढेको। ६ महिना भित्र ७५ बेडको स्मार्ट ईमर्जेन्सी र फराकिलो अस्पताल चमेना गृह बन्ने।
25. सेवाको गुणस्तका लागि
a. Antimicrobial Stewardship Program लागू गरेको।
b. Pharmacovigilance, Drug Information Center and Rational Use of Drug का विविध कार्यक्रम संचालन गरिएको।
c. HAI Surveillance and IPC Training नियमित रुपमा संचालनमा ल्याएको।
d. Academic Grand Rounds को सुरुवात गरेको । हरेक महिनाको चौँथो शुक्रबार बिहान।
26. खरिद कार्यलाई व्यवस्थित गरिएको, लामो समय देखि रोकिएका साल-बसाली हुनैपर्ने ठेक्कालाई नियमित गरेको। १० लाख भन्दा कमका खरिदमा पनि Online विधिबाट Tender गरिएको।
27. अस्पतालको आन्तरिक आय आ व २०७९/८०मा ५४ करोड रहेकोमा आ व २०८०/८१ मा २५ करोड बढाएर ७९ करोड पुर्याइएको। यस वर्ष कमसेकम १ अर्ब पुर्याउने लक्ष्य रहेको।