सोमबार, पुस १४, २०८२

कर्णाली सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशका दश जिल्लाका ७९ योजनामा स्रोत सुनिश्चित गरेको छ। स्रोत सुनिश्चित गरिएका अधिकांश योजना झोलुंगे पुल निर्माणका छन्।

National life

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा विभिन्न ६१ वटा योजनालाई बहुवर्षीय बनाएर स्रोत सुनिश्चित गरेको छ। मन्त्रालयले कालीकोटमा चार, जाजरकोटमा चार, जुम्लामा चार, डोल्पामा नौ, दैलेखमा सात, मुगुमा पाँच, रुकुम पश्चिममा पाँच, सल्यानमा सात, सुर्खेतमा ११, हुम्लामा तीनवटा योजनामा स्रोत सुनिश्चित गरेको हो।

कर्णाली प्रदेश सरकारसँग यसअघि दायित्व सरेर आएका ३५ समस्याग्रस्त योजना र चालु आवमा स्रोत सुनिश्चित गरिएका ६१ सहित जम्मा ९६ वटा बहुवर्षीय योजना छन्। 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १४ वटा योजनालाई चालु आवमै स्रोत सुनिश्चित गरेको छ। डोल्पामा एक, कालीकोटमा एक, सुर्खेतमा पाँच, हुम्लामा एक, जाजरकोट (ख) मा चार र मुगुमा दुईवटा योजनामा आगामी आव २०८३/८४ सम्मको बजेट सुनिश्चित गरिएको हो। मन्त्रालयले १५ करोड रूपैयाँ रकमको योजनाहरुमा स्रोत सुनिश्चित गरिएको जनाएको छ। दैलेख, जुम्ला, रुकुम पश्चिम र सल्यानमा भने कुनै पनि योजनाका लागि थप बजेट सुनिश्चित गरिएको छैन।

योजना कार्यान्वयनका लागि सरकारले चालु आवमा पाँच करोड ६५ लाख रूपैयाँ व्यवस्था गरेकामा मन्त्रालयले आगामी आव २०८२/८३ का लागि यी योजनामा  १० करोड १४ लाख ९९ हजार रूपैयाँ विनियोजन गर्नुपर्ने भएको छ। 

Laxmi sunrise bank
kumari

उद्योग पर्यटन तथा वन मन्त्रालयले चालु आवमा सुर्खेतका तीनवटा योजनाका लागि दुई करोड १५ लाख १५ हजार रूपैयाँ स्रोत सुनिश्चित गरेको छ। चालु आवमा ११ करोड ४० लाख रूपैयाँ र आगामी वर्षका लागि दुई करोड १५ लाख १५ हजार रूपैयाँ विनियोजन गरी स्रोत सुनिश्चित गरेको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ करोड ९८ लाख ६५ हजार नौसय २३ रूपैयाँ बजेट सुर्खेतका विभिन्न योजनाका लागि लागि स्रोत सुनिश्चित गरेको छ। अन्य नौ जिल्लाका कुनै पनि योजनाका लागि स्रोत सुनिश्चित गरिएको छैन।

स्रोत सुनिश्चित गरिएका सबैभन्दा बढी झोलुंगे पुल निर्माण गर्ने योजनामा स्रोत सुनिश्चित गरिएका छन्। ती स्रोतअन्तर्गतका बजेटबाट ४० वटा झोलुंगे निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ।

पक्की पुल ११ वटामध्ये तीनवटा बेलिब्रिज निर्माणका लागि बजेट सुनिश्चित गरिएका छन्। आठवटा सडकका लागि बजेट सुनिश्चित गरिएका छन्। रासस

प्रकाशित: Jan 21, 2025| 18:01 मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्