शुक्रबार, पुस २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रित छ : अध्यक्ष दाहाल

जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रित छ : अध्यक्ष दाहाल

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

National life
Laxmi sunrise bank
kumari

चितवन- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्।आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौँ।’

फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजनाबेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताए। चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले भने। इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन्।

प्रकाशित: Dec 10, 2024| 13:38 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्