मंगलबार, जेठ १९, २०८३

स्थानीय तह उपनिर्वाचन : हेटौँडा- १२ मा चुनावी सरगर्मी बढ्दो

 |  शुक्रबार, कात्तिक ३०, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३०, २०८१

बागमती- प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन्।

National life

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ।

नेपाली काँग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटीलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ।

Shivam cement

ठूला दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन्। पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए। एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ। गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो। यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ।

प्रकाशित: Nov 15, 2024| 17:31 शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्