मंगलबार, जेठ १९, २०८३

दोहोरो अंकले घट्यो नेप्से, पौने आठ अर्ब कारोबार

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं- नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेप्से ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा अडिएको छ।

National life

आज बजारमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।

आज गुराँस लघुवित्त वित्तीय संस्था र मेछियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्। यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।  त्यस्तै, कारोबारका आधारमा गुडविल फाइनान्स लिमिटेड २९ करोड २८ लाख ६१ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ।

हिजो सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा बन्द भएको थियो। सोमबार बजारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ५ हजार रूपैयाँको कारोबार भएको थियो।  

 

Shivam cement

 

प्रकाशित: Nov 12, 2024| 15:35 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्