मंगलबार, जेठ १९, २०८३

प्रदेश सांसद दीपक मनाङे जेल चलान

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) जेल चलान भएका छन्।

National life

आज बिहान काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका गुरुङलाई अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २० कात्तिकमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्चले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरी दोषी ठहर गरेको हो।

यसअघि तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो। २०७५ पुस ६ गते उनलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले नै आदेश दिएको थियो। सर्वोच्चको आदेशले छुटेका उनी सर्वोच्चकै आदेशले फेरि जेल फर्किएका हुन्।

यसअघि उच्चकै फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते उनलाई पक्राउ गरिएको थियो। त्यसबेला उनी आठ महिनामै छुटेका थिए। कैदमुक्त भएपछि दुईपटक गण्डकी प्रदेश सांसदमा निर्वाचित मनाङे ६ पटक मन्त्रीसमेत बने।

Shivam cement

२१ वर्षअघि अर्का गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को हात काटेको घटनाको मुख्य योजनाकारका रुपमा उनी दोषी ठहर भएका हुन्।

 

प्रकाशित: Nov 12, 2024| 15:32 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्