मंगलबार, भदौ २, २०८३

करेन्ट लागेर दुई जनाको मृत्यु

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

करेन्ट लागेर धनुषा र कैलालीमा दुई जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-९ नयाँबस्तीमा ५५ वर्षीय तेजनारायण विश्वकर्माको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो। 

सोही ठाउँस्थित काली मन्दिर सामुदायिक वनमा रूखको हाँगा काट्ने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुरमा ३८ वर्षीया जगुदेवी बोहराको पनि सोमबार दिउँसो नै करेन्ट लागेर मृत्यु भएको छ। 

विद्युतीय मोटर चलाई हात धुने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि शुरूमा पदमा अस्पताल अत्तरिया लगिएको थियो। 

थप उपचारका लागि  सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Nov 11, 2024| 17:53 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्