मंगलबार, जेठ १९, २०८३

महसुल विवाद बढ्यो, कुलमानले बोलाए पत्रकार सम्मेलन

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं- डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे जानकारी दिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन बोलाएका छन्।

National life

घिसिङले आज साँझ ६ बजे सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

विद्युत बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगले तयार गरेको प्रतिवेदन आज सार्वजनिक गर्न लागिएको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गोप्य राखिएको उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको गरेको थियो। सरकारको निर्णयपछि आज साँझ उर्जा मन्त्रालयमा प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो।

विद्युत प्राधिकरण र उद्योगी–व्यवसायीबीच  विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’सम्बन्धी विवाद समाधान गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेर प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदन सार्वजनिक गरेर उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउने निर्णय सरकारले गरिसकेको छ। 

Shivam cement

प्रकाशित: Nov 11, 2024| 17:46 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्