मंगलबार, जेठ १९, २०८३

इच्छुमती सफाइमा काठमाडौं महानगर

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ। महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ।

National life

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन्। इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन्।

विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो। ६ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो। महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानूनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ।

महानगरले काठमाडौं उपत्यकामा भएर बग्ने बागमती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ।

नागरिकस्तरबाट सुरु भएको बागमती सफाइ अभियान सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन्। रासस

Shivam cement

प्रकाशित: Nov 11, 2024| 17:01 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्