मंगलबार, भदौ २, २०८३

व्यास र भानु नगरपालिका जोड्ने सडक ३१ वर्षपछि कालोपत्रे

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

तनहुँ- ३१ वर्षपछि व्यास नगरपालिका-११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ। संघीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो। 

बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका-११ बाट भानु नगरपालिका-६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ।

पहिलो चरणमा व्यास नगरपालिका-११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ। हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ। 

यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ। थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ। यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड लागत अनुमान गरिएको छ।

यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ। रासस

प्रकाशित: Nov 11, 2024| 07:01 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्