शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

National life

आइतबार अपराह्नमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। न्यायाधीश खिमानन्द भुसालको इजलासमा उनलाई पेश गरिएको हो।

विराटनगरस्थित सांसद अधिकारीको घरबाट प्रहरीले पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको हो। उनलाई परिसरको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन पुगेको थियो।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ। एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो।

अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। तर त्यहाँको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो। डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 10, 2024| 16:39 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्