शनिबार, पुस ५, २०८२

राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले  प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत पदमा नियुक्ति गरेका हुन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राडा  ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र  लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Nov 10, 2024| 15:28 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्