बिहीबार, असार २६, २०८२

निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

 |  आइतबार, कात्तिक २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका हुन्।

राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आज न्यायाधीशमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यही कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। 

नेपालको संविधान धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई न्यायाधीशको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। 

प्रकाशित: Nov 10, 2024| 15:26 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्