आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छिल्लीकोटमा तयार भयो जिपलाइन

 |  आइतबार, कात्तिक २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

दाङ- जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका-१९ मा जिपलाइन निर्माण पूरा भएको छ। सञ्चालक श्रीधर न्यौपानेका अनुसार रंगरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ।

triton college

उनले आउँदो मङ्सिरभित्रै उक्त जिपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताए। 'निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मात्रै पूरा भयो', उनले भने, 'धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु पर्‍यो भन्दै आउनुभएको छ, अब मङ्सिर महिनाभित्र सञ्चालनका लागि तयारी गरेका छौँ।'

दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उनको भनाइ छ। तार तान्न नै एक वर्ष लागेका ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी छ।

उक्त जिपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एकसय ३० डिग्री एलिभेसनमा छ। करिब दुई करोड रूपैयाँ लागतमा स्थानीय भुल्के सामुदायिक वनको जग्गामा जिपलाइन निर्माण भएको छ। जसबापत प्रत्येक टिकट बिक्रीबाट वनलाई पाँच प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलाई पाँच प्रतिशत दिने सम्झौता भएको छ।

बीस वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उनको भनाइ छ। जिपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने उनको भनाइ छ। छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उनले बताए। साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

Metro Mart
vianet

छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याइएको हो। सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरी आफूहरुले उक्त कार्य गरेको उनले बताए। जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङलगायत थप गर्ने समेत तयारी रहेको उनको भनाइ छ। रासस

प्रकाशित: Nov 10, 2024| 17:31 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्