मंगलबार, जेठ १९, २०८३

मेची भन्सारद्वारा १० वर्षमा ६६ करोडको सामग्री बरामद

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

झापा- मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख आठ हजार आठसय २५ रूपैयाँ बराबरको मालवस्तु बरामद गरेको छ। उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो।

National life

भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती/खैनी रहेका छन्।

निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन्। यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए।

'यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार एकसय ८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्', उनले भने।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए।

Shivam cement

'भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो', उनले भने। भारतसँगको खुला सीमाका कारण दैनिकरुपमा मालवस्तु अवैधरुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ। रासस

प्रकाशित: Nov 10, 2024| 18:31 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्