मंगलबार, जेठ १९, २०८३

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

 |  आइतबार, कात्तिक २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१
National life
Shivam cement

काठमाडौं- कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव तस्करीको आरोप लागेका अधिकारीलाई विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको बताइएको छ।

प्रकाशित: Nov 10, 2024| 12:52 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्