मंगलबार, जेठ १९, २०८३

विद्यार्थीको कलेज शुल्क तिरिदिने भनेर ८ लाख ठग्ने समातिए

 |  शनिबार, कात्तिक २४, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २४, २०८१
National life
Shivam cement

क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाईदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

प्रकाशित: Nov 09, 2024| 18:12 शनिबार, कात्तिक २४, २०८१
प्रतिक्रिया दिनुहोस्