मंगलबार, जेठ १९, २०८३

सुर्खेतमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, २४ जना घाइते

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१

सुर्खेतमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

National life

शुक्रबार दिउँसो सवा दुई बजे दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेत र दैलेखको सीमानामा दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा २४ जनाभन्दा बढी घाइते छन्। घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको छ।

गाडी सडकबाट तल खसेको थियो। गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी छ।

Shivam cement

प्रकाशित: Nov 08, 2024| 17:22 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्