बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। 

National life

सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो। 

समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए। प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए। समितिमा प्रस्तावित न्यायाधीश  निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो। 

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Nov 08, 2024| 16:14 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्