बिहीबार, चैत १२, २०८२

मन्दिरको पर्खाल सारेर बेनीमा खेलमैदान विस्तार

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीस्थित खेलमैदानलाई विस्तार गरिएको छ। खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाइ बढाएर मापदण्ड अनुसारको बनाइएको हो।

National life

बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठले ११/११ जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाई एक सय मिटर बनाइएको जानकारी दिए।

‘यसअघि ९७ मिटर भएको बेनी खुल्ला मञ्चको खेलमैदानको लम्बाई विस्तार गरेर एक सय मिटर बनाएका छौ,’ उनले भने, ‘३८ मिटर चौडाई भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ।’

कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न पिल्लर उठाइएको र प्याराफिट बनाउन चालु आर्थिक वर्षमा नगरपालिकाले रु. २५ लाख र संघीय सरकारले रु. २० लाख बजेट बिनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताए। खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु. ५० लाख बिनियोजन गरेको थियो।

सो बजेटबाट खेलमैदान मुनी कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सारिएको वडा अध्यक्ष श्रेष्ठले बताए। मलामीघरको माथिल्लो भागमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ।

Laxmi sunrise bank
kumari

‘बेनी मिनि रंगशाला’ म्याग्दी जिल्लाको प्राथमिकताप्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो। यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब एक सय मिटर लामो प्याराफिट बनाइएको थियो।

दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु. नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो। जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ। दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ। यसपालीको बजेटबाट कालीगण्डकी किनारतर्फको प्याराफिटलाई पूर्णता दिइने नगर प्रमुख सुरत केसीले बताए।

हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ। हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ। विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु. १ लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो।

आर्थिक वर्ष २०७७/७८ र ०७८/७९ मा बजेट बिहिन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले रु. ५०/५० लाख बजेट व्यवस्थापन गरेको थियो।

प्रकाशित: Nov 08, 2024| 20:31 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्