शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ। बैठकमा आसन्न स्थानीय तह उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
 
'हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ। उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौं।' सह–महामन्त्री बुर्लाकोटीले भने, 'बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ।'

प्रकाशित: Nov 08, 2024| 14:40 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्