बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नारायणगढ-मुग्लिन सडक दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो

नारायणगढ-मुग्लिन सडक दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो

 |  शुक्रबार, कात्तिक २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१

vianetvianet

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस  र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Nov 08, 2024| 11:40 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्