मंगलबार, भदौ २, २०८३

घरायसी झगडामा श्रीमतीको हत्या

 |  शुक्रबार, कात्तिक २३, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २३, २०८१

तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन्। श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। 

बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए

हत्या अभियुक्त श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताउनुभयो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 
 

प्रकाशित: Nov 08, 2024| 07:50 शुक्रबार, कात्तिक २३, २०८१
प्रतिक्रिया दिनुहोस्