मंगलबार, असार २४, २०८२

थाइ एयर एसियाको जहाज अनुमति नै नलिई आएपछि...

 |  आइतबार, कात्तिक ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

vianetvianet

काठमाडौं- बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। अनुमति बिना उडान गरेपछि कम्पनी कारबाहीमा परेको हो। 

आइतबारका लागि उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेको थियो। यही कारण कारबाही गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आइतबारबाट सुरू भएको विन्टर सेड्युलमा थाइको उडान राखिएको थिएन। शनिबारबाट समर सेड्युल सकिसकेको र आइतबारबाट विन्टर सुरु भएको छ। थाइले आइतबार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भनेको थियो। तर, यो जहाज सिधै काठमाडौं आएपछि करिब ३० मिनेटसम्म होल्डमा राखिएको थियो। 

प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए पाएको युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई टिकट नकाट्न भनेको छ।
 

प्रकाशित: Oct 27, 2024| 19:49 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्