मंगलबार, जेठ १९, २०८३

थाहा नगरपालिकाद्वारा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१
National life
Shivam cement

बागमती- स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ। 

प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णयविपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए। रासस

प्रकाशित: Oct 27, 2024| 14:31 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्