मंगलबार, जेठ १९, २०८३

ट्राफिक कारबाहीबाट तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१
National life
Shivam cement

बागमती- ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीनसय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए। रासस

प्रकाशित: Oct 27, 2024| 16:01 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्