मंगलबार, जेठ १९, २०८३

जुवातास खेल्ने ४२ जना पक्राउ

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

National life

काभ्रे, पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय शिव आलेमगर समेत २१ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रूपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलिबजार बस्ने महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय हिक्मत थापा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहागनगरपालिका-९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय हरि बिष्ट समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Shivam cement

प्रकाशित: Oct 27, 2024| 11:59 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्