मंगलबार, भदौ २, २०८३

धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

 |  शुक्रबार, कात्तिक ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

मलेखु- काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। 

पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। 

घाइते सबैको महादेवबेंसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरु एउटै परिवारको रहेको बताइएको छ। दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 25, 2024| 15:34 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्