शुक्रबार, पुस ४, २०८२

तरकारीबाट राम्रो आम्दानी गर्दै रामपुरका नारायण

 |  शुक्रबार, कात्तिक ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

पाल्पा- रामपुर नगरपालिका-९ का नारायण भुसालले व्यावसायिक रूपमा तरकारीखेती सुरु गरेका छन्। दुई दशक विदेशमा मजदूरी गरेका उनले अहिले रामपुर-७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका हुन्। 

National life

'लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु', उनले भने।

उनले तीन वर्षका लागि वार्षिक ४० हजार रुपैयाँमा जग्गा भाडामा लिएका हुन्। बेमौसमी सागसब्जी उत्पादनलाई जोड दिएका उनले काउली, ब्रोकाउली, बन्दा, धनियाँ,  मुलालगायत सागसब्जी रोपेका छन्।

व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ। एक वर्षमा उनले चार लाख रुपैयाँ आम्दानी गरेको बताए।

वार्षिक रूपमा सात लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ। 'अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन, आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ', विदेशमा आफूले भोगेको अनुभव उनले सुनाए।

Laxmi sunrise bank
kumari

उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन। उनले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ। व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन्। उनी सागसब्जीमात्र नभइ फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्छन्। रासस

प्रकाशित: Oct 25, 2024| 20:01 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्