मंगलबार, असार २४, २०८२

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

 |  शुक्रबार, कात्तिक ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

vianetvianet

अर्घाखाँची- यहाँको शीतगंगा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो।

नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो। 

नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलाई अनुरोध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए। 

उनले उक्त निर्णय तत्काल लागु गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छन्। स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे। रासस

प्रकाशित: Oct 25, 2024| 13:12 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्